हत्केलामा आशु थापि, पिउन पनि सकिएन्
चाहेसरी जिन्दगी यो, जिउन पनि सकिएन्
पाइदैन जिवनमा , हासो खुशी देखेजस्तो
भोग्नैपर्ने रैछ आफ्नो, निधारमा लेखेजस्तो
यदी दु:ख भाग्थ्यो भने, मैले घण्टी बजाएर
बजाउ थे घण्टौ सम्म , फूलपाती चढाएर
फूल हो यो जिन्दगानि , फूलेपछी झर्नैपर्छ
प्रकृतिको रित नै हो, आखिरिमा मर्नैपर्छ
उकालो र ओरालो त , गर्नैपर्छ अनगिन्ति
कैले हासो कैले आशु, यस्तै रैछ जिन्दगानि
हत्केलामा आशु थापि, पिउन पनि सकिएन्
चाहेसरी जिन्दगी यो, जिउन पनि सकिएन्
(पहिलो प्रयास )