अहिले विस्वभरिका मुलुकमा निकै चर्चा बटुलेको बिषय हो - विस्वकप २०१४ । खेलमा सहभागी नभएका देशहरुमा त खेलको रौनक यती छ भने अझ सहभागी भएका राष्ट्रहरुमा त नहुने कुरै भएन । सहभागी देशहरुमा आफुले जित्न पाए हुन्थ्यो भन्ने अभिलाषा हुनु कुनै नौलो कुरो होईन् तर अन्य देशका जनताहरुले पनि आ-आफुलाई मनपर्ने टिमको सपोर्टमा बाजी नै थाप्ने गरेको देख्दा आश्चर्य लाग्छ मलाई ।
यही विस्वकप २०१४ को बिषयलाई लिएर केहि कुरा गर्ने प्रयत्न गर्दैछु म यतिबेला । सन्दर्भ नेपाल र विस्वकपमा उपाधिको दाबेदार मानिएको टिम "अर्जेन्टिना" बिचको रहेको छ । हिजोका विर गोर्खालिहरुले गरेको उदाहरणिय र प्रशंसनिय कार्यको उपज आज हामी आफ्नो शिर ठाडो पारेर हिड्न पाइरहेका छौ । यो हाम्रो लागी गर्वको कुरो हो । केहि दिन अगाडी मैले सामाजिक सञ्जाल फेसबुकमा अर्जेन्टिनाले नेपाललाइ कस्तो नजरले हेर्छ र हामी नेपाली अर्जेन्टिनालाई कसरी पुजा गर्छौ भनेर लेखिएको केहि लामो स्टाटस पढे । त्यही स्टाटस पढिसकेपछी मलाई पनि मेरो मातृभुमीप्रती सम्बोधन गरेर केहि लेखु जस्तो लाग्यो र आज लेख्न खोजिरहेकी छु ।
आज भन्दा कैयौ वर्ष पहिलेको कुरा हो यो - बेलायत र अर्जेन्टिना बिच “फकल्यान्ड टापु” को बिषयमा घमासान युद्ध भएको थियो । जुन फकल्यान्ड नामको टापु थियो त्यसलाई बेलायतले आफ्नो कब्जामा पार्न चाहन्थ्यो - जसरि भारतले नेपालको पुर्व देखी पश्चिमसम्मका सिमाना किल्लाहरु कब्जा गर्दै आइरहेको छ । भारतले आफ्नो देशको सिमाना किल्लाहरु कब्जा गरिरहदा टुलुटुलु हेरेर बस्ने अनि उहि भारतियहरु साहसिला छन् भनेर कफी गफ चुट्ने हामी नेपालिहरु बेलायत र अर्जेन्टिना बिचको त्यस युद्धमा बेलायतको तर्फबाट युद्ध गरेका थियौ । जसको फलस्वरुप - अर्जेन्टिनाले हार्यो र आफ्नो देशमा रहेको टापुलाई बेलायतले मुट्ठिमा लिन सफल भयो ।
उहिले उहिलेका पौराणिक कथाहरुमा पढ्न पाइन्छ - नेपाली सेना पुगेको ठाउँमा कहिल्यै हार हुँदैन् किनकी नेपालीहरु विर छन् । ति विरहरु हार्न जान्दैनन् भनेर कैयौ युद्धहरु जितेको कथा समावेस गरिएको पुस्तकका ठेलिका पानाहरु पल्टाउदै जादा खुब आनन्दानुभुत हुन्छ तर वर्तमानमा त्यो एउटा इतिहासमा मात्र सिमित भैसकेको छ । त्यही युद्धदेखी नै अर्जेन्टिनाको लागि गोर्खालीहरु शत्रु सरह भए । मलाई थाहा छैन् - त्यही युद्ध पश्चात हो या पहिले देखी नै हो नेपाली लाई कुनै पनि कामको लागी भिसा नदिने निती राखिएको ? थोरै कुरो यो पनि कोट्याए किनकी हामी नेपालिहरु रेमिट्यान्समा निर्भर रहने हुँदा त्यसको प्रभाव नपर्ने कुरै भएन । तर त्यस कुरामा मलाई कुनै आपत्ती छैन् । चिर निन्द्रामा डुबेको हाम्रो नेपाल सरकारलाई सरोकार हुने त कुरै भएन तर अरु सर्वसाधारण नेपालीलाई के कती प्रभाव परेको छ भन्ने कुरामा अनविज्ञ छु म ।
गोर्खालिहरुको सहयोग नभएको भए बेलायतले टापु आफ्नो बनाउन सक्ने थियन भनेर बेलायतले हामीलाई वाह वाही दियो त्यसबखत । दियो कैयौ पदक पनि तर आफु पराजित हुनुपरेको र आफ्नो देशमा रहेको टापु गुमाउनुको चोट सही नसक्नु थियो अर्जेन्टिनालाई । त्यही चोट ग्रस्त मनले गोर्खालीलाई तथानाम गाली गलौज गर्यो होला - त्यो कुनै आश्चर्य मान्नु पर्ने कुरा होईन् । तर स्कुल लेबलको किताबमा हालसम्म पनि 'गोर्खाली हाम्रो सबै भन्दा ठुलो शत्रु हो' भनेर कलीला नानिबाबुहरुको कालीलो मनस्थितिमा हामी नेपालीप्रती घृणा उत्पन्न हुने र आक्रोसित हुने शिक्षा प्रदान गर्नु के उचित हो ? अर्जेन्टिनाको स्कुल लेबलको पुस्तकमा लेखिएको उक्त कुरा प्रती निकै आपत्ती जनायो मेरो मनले र जनाइरहनेछ तबसम्म जबसम्म त्यो वाक्य ति पुस्तक का पानाहरुबाट हटाइदैन । यो कुरा थाहा पाउदा मेरो मनमा कता कता चिसो पसेको भान भयो र यती लेख्ने आँट गरे मैले मेरो देशको नाउँमा आफ्नो नेपाली पनको खातिर । यो कुरा हामी सम्पुर्ण नेपालिले मनन गर्नुपर्ने कुरा हो । अझ बढी मनन गर्नु जरुरी सम्झन्छु म - जो यस विस्वकपमा अर्जेन्टिना र लियोनल मेसिलाई प्राण झै प्यारो सम्झेर सपोर्टको लागी १० नम्बरको जर्सी लगाएर हिडिरहेका भेटिन्छन् ।
हिजो जे भयो भयो । हिजोको नराम्रो कुरालाई बिर्सेर आजको राम्रो कुरालाई आत्मसाथ गर्नुपर्छ भन्ने शिक्षा दिन्छन् हामिलाई हाम्रा कक्षाहरुले न कि पौराणिक किंवदन्तिलाई आधार मानेर उनिहरुसँग दुस्मनी मोल्ने भावना उजागर नगरुन हाम्रा नानिबाबुहरु । यही पौरणिकताको आधार मानेर विस्वकपको सेमिफाइनलमा पुगेको अर्नेन्टिनी टिम पराजित भएर रित्तो हात फर्कियोस भनेर पुकारा गर्न चाहान्न म तर जित्ने चाहना सबैको हुन्छ । त्यसै उसले पनि जितेर उपाधी हात पार्ने सपना अवस्य साचेको छ । फेरी जुन टिममा लियोनल मेसी जस्ता प्रभावशाली खेलाडी खेल मैदानमा उत्रीन्छन् त्यहाँ जितको सपना देख्नु अनुचित पनि होईन् । आखिरिमा उपाधी हत पार्ने त एउटाले हो तर यो लेख लेख्दासम्म सेमिफाइनलमा पुगेका र जितको दाबेदार मानिएका अर्जेन्टिना सहित सबै टिमलाई विजयको माला पहिरिन सफल रहुन मेरो स-हृदय शुभकामना ।