Tuesday, July 8, 2014

गजल ४५


बन्धक बनाई कती राख्छौ ? जसरि हुन्छ फुकुवा गराउ
चाहे लीलाम गर या राजिनाम , तर छिट्टै आफ्नि बनाउ 

लिखितम् धनीका नाम,फलानाकी नातीनि, फलानाकी छोरि
अनी, औठाछाप गरिदिन्छु , चाहिन्छ  भने  त्यो पनि लैजाउ


गोप्यताको परिधिभित्र जोगाइराख्नुछ मेरो प्रेमलाई
तसर्थ , दिलभित्र  लुकाउ  र  बद्नाम  हुनबाट बचाउ

फक्रेको फूल र अधेरिको जून हेर्दै सोच्छु, सोचिरहन्छु
तिमी आउ,मेरो हात समाउ र दिलको माझमा बसाउ

मलाई मेरा संगिहरुले सोध्छन् - सोधिरहन्छन् बारम्बार
हाम्रो  नाता  के हो भनु? कसरी पुष्टी गरु? तिमी नै बताउ

गाउँघरमा चर्चा चल्न थाल्यो तिमी अझै नसुनेझै गर्छौ
कि त मेरो  सिउँदो रंगाउ कि घर - गाउलेलाई सम्झाउ