Wednesday, December 25, 2013

मुक्तक ३०

म आफैलाई थाहा छैन कहाँ, के खोजिरहेकी छु
तर,यत्ती थाहा छ मुटुभरी पिडा बोकिरहेकी छु
मलाई मात्र रुझाउन झरी परिरहन्छ हरेक साझ
खै ! किन परिरहेछ यो झरी म सोचिरहेकी छु

Wednesday, December 18, 2013

१६. यस्तै जिन्दगी भोगिरहेछु म …..!!!


जग्यमा बसेकी नवविवाहित दुलही झै
सपनाको रङ्गिन घुम्टो ओढेर
प्रतिक्षाको आतुर मन
गोरेटोभरी ओछ्याउदै
धमिला यि आखाँहरुले
केहि खोजिरहेछन्
सायद, जिवनको उज्यालो रङ
खोजिरहेछन्
क्याटबरी ओठबाट
अपहरित मुस्कानका बाछिटाहरु …. !!!

Tuesday, December 17, 2013

१५. मेरो शुभकामना



भन्नेहरुले –
“जती सुकै प्रतिशतका कुरा किन नगरुन
तर हामी छोरिको जिवन भनेको
हारेको जुनि हो …. !!!”

कस्तो बनायो दैवले नियम पनि -
पराई मान्छेलाई आफ्नो सम्झेर
जन्मदिने घर परिवार छोडेर
आफ्ना रहरहरुसँग सम्झौता गरेर
उही पराईका खुशीहरुलाई
आफ्नो खुशी सम्झेर
रमाउने पर्ने रे हामि
अनि बिताउने पर्ने रे जिवन…. !!!

हो साथी नियम यस्तै छ
यो नियम न हामिले फेर्न सक्छौ
न त नाघेर हिड्न नै
केबल सक्छौ हामि
त्यही घेरा भित्र बेरिएर बस्न
र सक्छौ सकी नसकी भए पनि
बस्नु पर्ने बाध्यतालाई झेल्न …. !!!

आखाँभरी छचल्किएको आशुलाई
आखाँको डिलले अडाइराख्नु
र खस्न नदिनु पराइको सामु
बरु मुसुक्क मुस्काई दिनु
ओठभरी मुस्कानी फुलहरु छरेर … !!!

मनको पिडालाई मनैमा लुकाएर राख्नु
र हरहमेसा फिजाउनु पराइको सामु
खुशीका लहरहरु… !!!

भन्छन -
मुटुभरी पिडा जती भए पनि
पराई घरलाई खुशी दिनु नै
वैवहिक जिवन सफल हुनु हो रे…. !!!

त्यसैले साथी,
मुटुको चोटलाई मुटुभित्रै दबाएर
पराई मान्छे र पराई घरलाई
खुशी दिनु मेरो शुभकामना
अनी लाखौ लाख शुभकामना
तिम्रो वैवाहिक जिवन सफल होस… !!!

गजल ३१




खै! किन फल्दै गरेको बोट ढलाएर गयौ
बोट ढलायौ र बाकिँ जरा हल्लाएर गयौ

आशु पिएर भएपनी ज्युदो बाचेकी थिए
स्वास छदै चिता चढायौ र जलाएर गयौ

रातमा जून थियो दिनमा एक्लै रमाउथे
शान्त थियो मन आयौ र चलायर गयौ

रहरहरु सपनी सँगै सजाएर राख्थे
सपनिमै आयौ र मलाई छलाएर गयौ

प्रेम बाटिकामा प्रेम पुष्प फुलाएर राखे
फूल निमोठ्यौ र स्वार्थी फल फलाएर गयौ

गजल ३०



नाफा नोक्सानको हिसाब गरेर गयो उ
घाटा परेर होला, डेरा सरेर गयो उ

पक्कै पनि उस्ले प्यार गरेको हुनुपर्छ
हैन भने मनमा चोट परेर गयो उ

सायद, प्रियसिको चेहरा देख्नै मन छैन्
त्यसैले त सात समुन्द्र तरेर गयो उ

निष्टुरिले दिएको चोट बिर्सन कै लागि
मुटुभरी आमाको माया भरेर गयो उ

जतन साथ राखेका ति प्रेम पत्रहरु
कुल्च्यो,च्यात्यो र बाटोभरी छरेर गयो उ

Wednesday, November 13, 2013

१४. एक हुल डाँग्रेहरु



केहि बेर अघि मात्रै पल्लो गाउँबाट
बम पड्किएको आवाज आयो
पर सम्मको जमिन हल्लायो त्यहि आवाजले
जमिनसँगै कैयौ मनहरु कापिरहेका थिए…. !!

शहरबाटै धुवाँको मुस्लो देखियो
सायद, ह्वारह्वार सल्किरहेका थिए
कैयौ घरहरु
र, घरसँगै सल्किरहेका थिए
कैयौ जिवित सपनाहरु पनि… !!

Friday, November 1, 2013

गैरआख्यान - प्रयोगशाला



सुधीर शर्माको ‘प्रयोगशाला’ लाई सरसरती नियालेर हेर्दा
"हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
      कसैले मिलाईदिनुपर्ने,
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
    कसैले छुट्याइदिनुपर्ने,
…पुरानो क्यारमबोर्डका गोटी हौ
एउटा मनोरन्जक खेलका सामाग्री
एउटा खेलाडी माथी आश्रीत
   आफ्नो गती हराएका
एउटा स्ट्राइकर द्वारा सन्चालित
हो, हामी मानिस कम र गोटी वर्ता हौ "
भूपी शेरचनको "घुम्ने मेच माथी अन्धो मान्छे" को यसै कविताबाट 'प्रयोगशाला' को सुभारम्भ गरिएको छ । जसरि यो कविताले एउटा स्पष्ट लय बोकेर बगेको छ ठिक त्यसरि नै बगेका छन 'प्रयोगशाला' मा सुधीर शर्माका कलमहरु पनि । समग्रमा यो पुस्तकलाई राजनैतिक ठेली भनौ या दिल्ली, दरबार र माओवादी बिचको सम्पुर्ण नालिबेली ? जे भने पनि जसरि बुझे पनि आखिर कल्पनाको छायाँसम्म नपरेको यो एउटा यथार्थ गैर आख्यान कृती हो ।
फलको पनि बोक्रा र गुदी बिच गहिरो सम्बन्ध हुनु जरुरी ठान्छु म उसैगरी कृतिको नाम र भित्र कुदिएका अक्षरहरुले बोकेको आशयमा पनि मिजासिलो साइनो हुनुपर्छ । अन्यथा नाम र अक्षरहरुले छुट्टाछुट्टै मानेमा बोकेर हिडे भने घर खान नसकेर माईतिमा बसेकी छोरिको कहाँनी जस्तो फितलो हुन्छ पुस्तक । बेस्वादको हुन्छ तर 'प्रयोगशाला' त निकै स्वादिलो लाग्यो मलाई । मह काट्नेले चाट्ने हात जस्तो । आवरणमा लेखिए अनुसार नै सङ्क्रमणमा दिल्ली, दरबार र माओवादी बिचको कुराकानीबाट कही कतै तितरबितर भएको छैन यो आख्यान ।
प्रत्यक घटनाक्रमलाई भिन्नाभिन्नै शिर्षकमा छुट्याएर लेखिएको छ जसले गर्दा कुन समयमा के भयो ? भनेर बुझ्न अझ सजिलो छ हामिलाई । माओवादी को जनयुद्धले नेपालीलाई दिएको शास्ती र ज्याजतीका घटनाहरु खासै उल्लेख नगरिएता पनि उक्त युद्धकालमा भएका मुख्य-मुख्य राजनैतिक घटनाहरुलाई नछुटाईकन समावेस गरिएको छ । क्रमैसँग । त्यही बिचमा समावेस गरिएको छ - राजदरबार हत्याकाण्डको छोटो अंश पनि । शर्मा लेख्छन् – “प्रधानन्यायाधिस केशव प्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उक्त छानबिन समितिले दीपेन्द्रलाई हत्याराको आरोप लगायो तर त्यही सेरोफेरोमा रहेका कैयौ प्रश्नहरुको उत्तर दिन नसकेर नाजवाफ भयो समिती । अझ मृतकहरुको “पोस्टमार्टम” नगरिनुले पनि शंका माथी शंका थप्ने काम गर्‍यो त्यतिबेला तर विस्तारै सेलाउदै गयो सबुत पत्ता लगाउने प्रकृया पनि” । साच्चै नै यो हत्याकाण्ड रहस्यमय बन्यो र रहस्यमा रहदा रहदै रहस्यको बिचबाटै  रहस्यमय तरिकाले नै सेलायो ।
हुन त माओवादिले सर्त मुताबिक नै जनयुद्धको थालनी गरेको थियो तर पढ्दै जादा यस्तो लाग्यो - जनयुद्धको पक्षमा स्वयम माओवादी नै थिएन । उनिहरुले केबल आफ्नो माग परिपुर्तिका लागी धम्की दिएका थिए । आखिरिमा माग पुरा नभएपछी धम्किलाई कार्यन्वयन गर्नु रहर होइन बध्यता आइपर्‍यो । जुन टार्न खोजेर पनि टार्न नसकिने थियो । यदी उनिहरु जनयुद्धकै पक्षमा थिए भने निरन्तर रुपमा वार्ताको लागी पहल किन गर्थे ? युद्धबाट होइन वार्ताबाट मिलौ भनेर किन भन्थे उनिहरु ?  असल योद्धाहरु त जबसम्म जित सुनुश्चित हुँदैन तबसम्म निरन्तर लडिरहन्छन । वार्ताबाट होइन उनिहरु युद्धबाट नै जित हासिल गर्न चाहान्छन् । जसरि नेपोलियन बोनापाटले जिते, हिगो चावेज(भेनेजुयलाका राष्ट्रपती) ले जिते, माओ त्सेतुङले जिते र जित्यो हिटलरले पनि ।
एउटै कोखबाट जन्मिएका दाजुभाई बिचमा त मनमुटाव हुन्छ भने राजनैतिक विचारबाट एक भएका नेताद्वयहरु बिचको तालमेल बेलाबखत बिग्रनु खासै ठुलो र नौलो कुरा होईन् । त्यस्ता खिचातानिहरु माओवादिका विचमा पनि कैयौ आएको देखिन्छ । दुस्परिणाम : पार्टी नै दुइ चिरा भएको सबुत हाम्रो आखाँ अगाडी नै छर्लङ्ग छ । सायद, त्यस्ता बेमेलहरु राजनैतिक आचारण नै हो कि ?
जसोतसो भएपनी जनयुद्धलाई अगाडी बढाइरहदा यदी नेताद्वयहरु स्वयम आजित नभएको भए एमाले नेता माधवकुमार नेपालसँग हिसिला यमीले “यिनिहरुको जनयुद्ध कही पार लाग्ने हैन, हामिलाई सिध्याउने भए, बचाउनुहोस” भनेर याचना गर्दैन थिइन होला ? यही एक वाक्य बाट नै पुष्टी हुन्छ कि उनिहरु युद्धदेखी कती आत्तिइसकेका थिए भनेर ।
सायद, राजदरबार हत्याकाण नभैदिएको भए, २०६१ माघ १९ मा ज्ञानेन्द्र राजाले 'कू' नगरेको भए र भारतले नेपाल माथी चालबाजी खेल नखेलेको भए शान्तीसम्झौता पहिले नै हुन सक्थ्यो अनि न त माओवादिहरु थप आक्रामक हुने थिए न त नेपाली जनताले डर, त्रास, भए र अनेकौ ज्याजतीका बिच दिन गुजार्नु पर्थ्यो । जेहोस ढिलै गरेर भएपनी २०६३ मङ्सिर ३ को विस्तृत शान्तीसम्झौताले नेपालालाई नयाँ गोरेटोमा हिडाउने प्रयत्न गर्‍यो । शान्तीसम्झौता भए पश्चातको २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त गरिएको लोकतान्त्रीक गणतन्त्र नेपाल र नेपाली दुबैको लागी एउटा साहसिक कदम हो तर नेपाली नेताहरुमा झन्-झन् बढदै गएको परनिर्भरताले गर्दा सोचे अनुरुप सफलता हासिल गर्न सकेन । नेपाल नितिको निर्माण र कार्यान्वयनको 'डाडु - पन्यूँ' नै भारतिय निकाएलाई सुम्पनु सबैभन्दा ठुलो भूल भयो र बिडम्बना पनि । आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने हाम्रा देशका नेताहरु केबल नामका मात्र नेता रहेछन् । राष्ट्रप्रेमी नेतामा हुनुपर्ने गुणहरु कसैमा पनि रहेनछ । भूपी शेरचनले कवितामा भने झै हाम्रा नेताहरु भारतका गोटी हुन् । भारतले जता चलायो उतै चल्ने । जसरि चलायो उसरि चल्ने । सायद, त्यसो नभएको भए संविधान पहिले नै लेखिन्थ्यो कि ? भनेर आशंका गर्ने ठाउँ दिएका छन नेताहरुले । सविधान लेखनका लागी चुनिएका ६०१ सभासदहरुलाई खुवाइएको लगभग ९ करोड बराबरको भत्ता रकम बालुवामा पानी खन्याए सरह भयो । परिणामत: न त्यो काम लाग्यो न त काम लाग्ने छ कुनै दिन ।
उसो त माओवदिले जनयुद्ध र संविधान सभाको बाटोबाट प्राप्त गरेको देखिने उपलब्धी भनेको  गणतन्त्र थियो तर के त्यसका लागी दशक लामो हिंसात्मक द्वन्द आवश्यक थियो ? नि:शस्त्र जनसङ्घर्षका माध्यमबाट सम्भव थिएन ? यस्ता प्रश्नहरु किन उठिरहेछन भने गणतन्त्रको प्राप्ती पनि मओवादिको एकल सामर्थ्यबाट सम्भव भएको थिएन त्यसमा काङ्ग्रेस - एमाले जस्ता संसदिय अभ्यासमा रहेका दल र भारत समेतको सहकार्य जोडिएको थियो भने दशक भन्दा बढी समयसम्म निर्दोष नेपालीले बगाएको रगतको खोलो के का लागी ? के पाउँछौ भनेर आफ्नो ज्यानको बाजी राखेर युद्धमा होमिएका थिए नेपालीहरु ? कैयौ नेपाली चेलीहरुको सिउँदो उजाडियो, कैयौ आमाहरुको काख रित्तो भयो, कैयौ नानिबाबुहरु टुहुरा बने यो सब के का लागी गरियो ?
'प्रयोगशाला' पढिसकेपछी यस्तो लाग्यो - यो कृतिमा नेपालका मओवादीलाई केन्द्रमा राखेर तत्कालिन राजतन्त्र र भारतीय संस्थापनसँग उनिहरुको उतार - चढावपुर्ण सम्बन्ध केलाउन खोजिएको छ । यस अर्थमा 'प्रयोगशाला' नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादी को भूमिकाको लेखाजोखा हो ।
सम्भवत: आधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय वर्षको इतिहासमा दशक लामो माओवादी विद्रोह सबभन्दा ठुलो आन्तरिक चुनौतिका रुपमा देखा परेको थियो । त्यही चुनौतिलाई आत्मसाथ गर्दै सुधीर शर्माले राजनैतिक दल र भारतिय एजेन्सिहरुको बिचको सम्बन्धलाई थप चुनौती थपिदिएको भान भएको छ मलाई ।

Tuesday, October 29, 2013

मुक्तक २९


कती सजिलै कसम खान्छन् बचन तोड्नेहरुले
आउछन् अथाहा प्यार गर्छन् भोली छोड्नेहरुले
भन्न त भन्छन् - "मेरो मनको जून हौ तिमी"
किन अधेँरी चिन्दैनन् जूनसँग मुटु जोड्नेहरुले

१३. पहिलो सन्तान छोरी जन्माउन चाहान्छु म !!


 भन्छन् - छोरी बाध्यताले जन्माइन्छ
छोरा रहरले जन्माइन्छ
तर, म बाध्याताले होइन्
रहरले छोरी जन्माउन चाहन्छु !
म चाहन्छु - मेरो पहिलो सन्तान छोरी होस !

म यस्तो छोरी जन्माउन चाहन्छु -
हरहमेसा छातिभरी साहस बोकेर हिड्नेछे उ
अधेरी रातहरुमा उजेलिको मैन बनेर हिड्नेछे उ
गरीब, दु:खी, निमुखा……हरुको झुपडिमा
प्रभातको लाली बनेर उदाउनेछे उ

Tuesday, October 8, 2013

कवितासंग्रह - अक्षरहरुको रङ



“अक्षरहरुको रङ” भित्र शेखर विकल्पको आकृति

कतै प्रेम दुखेको छ, कतै देश दुखेको छ । त्यो दुखाई सँगै आफ्ना आमा र बाबाको पनि मन दुखेको छ भने कतै प्रेम मुसुक्क मुस्काएको छ गुलाबी अधर बोकेर । यसरि नै दुखाई र मुस्कानहरुले सजिएको अक्षर - अक्षरको इन्द्रेणी हो -  “अक्षरहरुको रङ” ।

Monday, October 7, 2013

उपन्यास - मलाया एक्सप्रेस



“मलाया एक्सप्रेस” माथी मेरो पाठकिय विचार
साच्चै जिन्दगी अफसोच हो । जहाँ सोच्दै नसोचेका घटनाहरु घटिदिन्छन । जुन समयको समयको कलपना नै गरिएको हुँदैन त्यही समयले निम्त्याउछ अपत्यारिला घटनाहरु र हामी हिडिरहनु पर्ने हुन्छ त्यही बाटो हुँदै । खण्ड - खण्ड गरी जम्माजम्मी ३२ वटा खण्डमा उपन्यास टुङ्याइएको छ । प्रत्यक  खण्डहरु उत्तिकै चाखलाग्दा छन, उत्तिक्कै मिठा छन, उत्तिकै स्वादिला छन र छन पाठकको मन जित्न सफल पनि । जितबहादुर, प्रिया र आमा भगवतीको समग्र जिवनमा आइपरेका उतारचढावमा केन्द्रीत छ 'मलाया एक्सप्रेस' । जितबहादुर जसरि युद्धमा होमिएर रित्तो हात फर्कने युवाहरु कैयौ छ । ति गनी साध्य छैनन । जितबहादुरले जसरि बिनाकसुर सजाए भोग्ने हरुको जमात पनि उत्तिकै छन । हितबहादुरले जसरि अनाहकमा युद्धको सिकार बनेका कैयौ छन । हितबहादुर जसरि नै मृत्युमा परेका कैयौ युवाहरु वेवारिसे र पत्ता लाग्न नसकेका, वेपत्ता परिएका लासहरु उसैगरी अनगिन्ती छन । कती लासहरु जंगली जनावरका आहारा बने होलान्, कती यसै कुहिएर गए होलान्, कती मुख्य समाचार बनेर फुकिए होलान अनि कती लासहरु लडाकु मारिएको प्रमुख समाचार बनेर छापिए होलान । जमुना जस्तै कैयौ बहिनिहरु/छोरिहरु युद्धको सिकार बनेका छन र घर परिवार प्रत्यक्षदर्शी । जनयुद्धको समयमा त्यस्ता घटनाहरु कती भए कती । जितबहादुरको जिवनमा घटेको भन्दा पनि कैयौ गुणाले बढी कारुणिक घटनाहरु घटेका छन त्यतिबेला । ति घटनाहरुको अगाडी जितबहादुरको जिवनमा युद्धकालले घटाएको घटना सामान्य हो तर यस उपन्यासमा यही घटना नै काफी सम्झन्छु म ।

गजल २९



मरुभुमिको तातो घामले, पोल्दै होला मेरो दाईलाई
दशैँआयो आमाको मनले,खोज्दै होला मेरो दाईलाई

बाबा,आमा,बहिनी र संगिनिसँग टाडिएर के पाइस् ?
परदेशको माटोले पनि, सोध्दै होला मेरो दाईलाई

भन्नु हुन्थ्यो - घरको याद कती आउँछ कती……!!
घरको मायाले छातिभित्र,घोच्दै होला मेरो दाईलाई

सँगै खेलेका साथीहरुको यादले मन गाठो पर्दो हो !!
जान्छुभन्दा कम्पनिसाहुले,रोक्दै होला मेरो दाईलाई

Thursday, October 3, 2013

१२. रातो गुलाफ


अब छिट्टै तिमी -
प्रेमिल यादहरु बोकेर
मेरो मनको बगैँचामा बसाइँ सर्नेछौ
र फुलाउनेछौ थुप्रै प्रेमिल पैयुँहरु !

मलाई थाहा छ - त्यसपछी तिमीले
मेरो दाहिने हात समाएर "प्रिया" भन्नेछौ !
मन्द मन्द मुस्कुराहटमा
की "कालि" भन्नेछौ कि "सानि" भन्नेछौ !
तिमी आउने बाटो कुर्दाकुर्दै
थाकेका मेरा अस्थिपन्जरहरु
अनी गह्रौ मन बोकेर
तिम्रो छेवैमा ठिङ्ग उभिने छु म
त्यसैपल, अलिकती लाज अनि
अलिकती खुस्बु दुबै मिसाएर
गाजलु यि आखाँले
नदेखे झै गरी हेर्नेछु म तिमीलाई !

अनि तिमीले भन्नेछौ -
यो संसारमा आजसम्म
कसैले कसैलाई नगरेको
अथाहा माया गर्छु म तिमीलाई !
मदनले मुनालाई भन्दा धेरै !
जुलेटले रोमियोलाई भन्दा धेरै !
अनी आफैले आफैलाई भन्दा धेरै !
आकाशको जून, तारा टिपेर दिन्छु भन्दिन तर,
भित्री हृदयको चोखो माया दिनेछु म तिमीलाई !

मलाई थाहा छ - त्यसपछी तिमी के गर्छौ ?
त्यसपछी तिमी
मेरो देब्रे हात समाउनेछौ !
दाहिने र देब्रे दुबै हात सुम्सुम्याउनेछौ !
पालैपालो चुम्बन गर्नेछौ !
की "प्राण" भन्नेछौ कि "मुटु" भन्नेछौ !
अनी पाइन्टको खल्तिमा बिस्तारै हात हाल्नेछौ !
र रातो गुलाब निकाल्नेछौ !

तर खै ! किन किन
धरमराइरहेछ मेरो मन -
कतै तिमीले मेरो मनसँग मजाक गरिरहेका त छैनौ ?
मायालाई ख्यालसाची सम्झिरहेका त छैनौ ?
पहिले जस्तै गरी फेरी पनि
छाडी जाने माया पो गर्दै छौ कि ?
किन किन डगमगाइरहेछ मेरो मन !

अब तिमी आउँदा -
मेरो मनको बाटो भएर आउनु !
जहाँ तिम्रो लागी प्रेमिल फूलहरु
बिछ्याएकी छु मैले !
कैयौ पहिलादेखी बिछ्याएर रखेको फूल
जुन फूल मेरो चोखो मायाले फुलेको छ !

थाहा छैन - यसपटको भेटमा
म तिमीलाई पहिले जस्तै गरि
अंगाल्न सक्छु कि सक्दिन ?
चुम्न सक्छु कि सक्दिन ?

तर, एउटा पल सम्झाउनुछ तिमीलाई
केहि वर्ष पहिले
प्रणयदिवसको दिन
रातो गुलाफ दिएका थियौ तिमीले !
बदलामा रातो गुलाफ
दिन चाहन्छु म !
र चाहन्छु म तिम्रै हातबाट
छिट्टै यो खाली सिउँदो रंगाउन !



Wednesday, October 2, 2013

गजल २८

घरी पानीमा सलबलाउछु, घरी किनारमा छु एक्लै
मानौ म माछो यो ठुलो नदी तर संसारमा छु एक्लै

प्रेम हराएको जिन्दगीमा उफ् , यो उजाड मरुभुमि
प्यास बढ्दै छ पानीको या प्रेमको दोधारमा छु एक्लै

जलिरहेछु, खरानी बन्दैछु या अंगार ? थाहा छैन
नदिसँगै बग्न मन छ, त्यसैले हतारमा छु एक्लै

अन्जान कोही "प्रिया" भनेर बोलाउदै थियो मलाई
फेरी भन्यो तिमी एक्लै म पनि घरबारमा छु एक्लै

अहो ! म अचम्म छु माया गर्नेहरुको बजारदेखी
तर, माया गर्नेहरुको हजारौ हजारमा छु एक्लै

मुक्तक २८


मेरो खुशी मेरो जिवन मेरो संसार हो उ
साच्चै भन्नुपर्दा मेरो दिलको प्यार हो उ
कानेखुशी गर्दै थिए कोहि-नजिक नजानु
फुच्ची रिसाउछे फेरि, उसैको यार हो उ

११. कुर्कुच्चामा फाटेका धाजाहरु

अभावका खुट्किलाहरु टेकेर
घरी उकाली चढ्दै
घरी ओराली झर्दै
घरी दायाँ घुम्तितिर
घरी बायाँ घुम्तितिर
उफ्, उसैगरि
घरी सिधा गोरेटो हुँदै
हिडिरहेका एकजोडी खुट्टाहरु....!!
कैयौ देखी नियालीरहेछु म -
उसका धाजा फाटेका कुर्कुच्चाहरु
लाग्छ - ति धाजाहरु
गरीबिका निसानी हुन ।
सायद, आजसम्म वर्षा लागेकै छैन
त्यसैले त,
कहिल्यै पुरिएनन
ति कुर्कुच्चामा फाटेका धाजाहरु ...!!

Monday, September 23, 2013

गजल २७


तिमीले बुझ्नुपर्थ्यो माया मार्नु अगाडि !!
पिरती को बसाइँ अन्तै सार्नु अगाडि !!

एक् बचन मलाई सोधेको भए हुन्थ्यो !!
दुइ नयन बाट आशु झार्नु अगाडि !!

आउँछौ कि भ'नी पर्खीरहे दोबाटोमा !!
तिमीसँग प्रेमको बाजी हार्नु अगाडि !!

दिलमा लेखेको नाम पढ्यौ या पढेनौ ?
यो मुटुलाई छिया - छिया पार्नु अगाडि !!

तिम्रो गोरेटोमा फूल बिछ्याउँदै थिए !!
मेरो बाटो काडेतार ले बार्नु अगाडि !!