Thursday, May 15, 2014

१८. कविता : तप्केको मेरो प्यार



वास्तविकता फरक थियो
तर,
मानौ, म उसको प्रेमी हुँ
सत्यवतिको प्रेमि
समलिङ्गी प्रेमी !

प्रेमिको झै गरि
मेरो दाहिने पाखुरा च्याप्प समाति
र, सरासर लागि मलाई
आफ्नो शयनकक्षमा
म चुपचाप उसको पछी लागे !

शयनकक्षको दाहिने तर्फको सोफामा
बस्ने इसारा गरी उसले
म थ्याच्च बसे
सोफा लच्कियो
सोफा सँगै म पनि लच्किए !

उत्तर पट्टी फर्केको
सेतो तन्ना बिछ्याइएको पलङ
छ बाइ सातको हुदो हो - मेरो अनुमान
उ उत्तानो परि
घरी घरी घोप्टो पनि परि
तर, निकै मायाले सुम्सुम्याइ
तन्ना ?
या, तन्नामा बसेको टाटो ?

भर्खरै, ठुलो युद्ध जितेको
लडाकुले झै गरेर
निकै सन्तुष्टिको स्वास फेरि
र, एकै स्वासमा भ'नी उसले -
"जमुना यता हेर् त
यो तन्नामा बसेको दाग
'टाटो' होईन्
हिजो राती तप्केको मेरो प्यार हो !"