Thursday, May 22, 2014

यो संसारमा मेरी आमा जस्तो दु:खी अरु कोही छैन् ! (खण्ड 'क' )


नौ महिनासम्म आफ्नो कोखमा राखेर जन्माइन आमाले । थाहा छैन् - कतिपटक मरिन् र कतिपटक बाचिन होली उनि - प्रसव पिडाले छटपटिएर ! अरु कसले दिन सक्छ - आमाले आफ्नो पेटमा पटुकी कसेर सन्तानलाई खुवाएको खाना, आफुले आशु पिएर सन्तानलाई दिएको खुशी अनि कहिल्यै स्वार्थी बन्न नसक्ने त्यो ममता !

म स्कुल जान्थे । कपी सकिन्थ्यो कलम सकिन्थ्यो । बुवालाई भन्न डराउथे । आमाले मेलामा गएर ल्याएको पैसाले नुन किन्नुहुनुन्थ्यो, तेल किन्नुहुन्थ्यो, घरमा चाहिएको सबै ल्याउनुहुन्थ्यो र केहि बचाएर ल्याइदिनुहुन्थ्यो मलाई कपी र कलम पनि । आफु मेलाबाट फर्कदा पटुकिमा पोको पारेर ल्याइदिनुहुन्थ्यो एकमुठी चिउरा र आधा मुठी दालमोट पनि ।



बुवा दिनभरी खै ! कता जानुहुन्थ्यो ? भरे आउँदा खुट्टा लडखडाएको हुन्थ्यो । बोली लरबराएको हुन्थ्यो । म डराउथे । आमाको कन्धा पछाडी टुक्क्रुस्स बस्थे । बुवा फलाक्न थाल्नुहुन्थ्यो -'त राडिले घरको काम केहि गर्दिनस् । खाली मेला जान पाए हुन्थ्यो भन्छेस र र बाहिर बाहिर मेलामा जिन्छेस । भन् कुन नाठोसित पल्केकी छस् ? जा उसैसित जा । बरु आनन्द हुन्छ मलाई । चन्डिजाल उठेर आउछ तलाई देखेसी…..। आदी आदी के के हो के के । आमा चुपचाप खाना पकाइरहनुहुन्थ्यो ।

अर्को दिन पनि अवस्था त्य्स्तै हुन्थ्यो । अघिल्लो दिनको जस्तै । म सानै थिए । भर्खर एक कक्षामा त पढ्थे । कसरी जान्नु मैले घास दाउरा गर्न ? भाडा माझ्न ? खाना बनाउन ? मेलाबाट आमा आउँदा अगेनो चिसो हुन्थ्यो । चिसा खयरका दाउरा झन् झन पुत्ताउथे । त्यतिबेला म सोच्थे - मेरी आमा जस्तो दु:खी यो संसारमा अरु कोही छैन ।