( यो एउटा बगैचा हो । अक्षर फूल्ने बगैचा । जहाँ अक्षरहरुको माध्यमद्वारा फुलाउने प्रयत्न गर्नेछु म - थरी थरी फूलहरु । जुन फूलहरु साहित्यका विविध विधाहरुमा सोभायमान रहेका हुनेछन् । )
Thursday, May 15, 2014
गजल ३५
दिलभित्र, धड्कनभित्र, जहाँ बसाउ मलाई
तर, सिन्दुर नघसेरै आफ्नि बनाउ मलाई
व्यर्थै झन्झट किन गर्छौ ? जन्ती लिएर आउने
टाडा, दुनिया भन्दा धेरै टाडा भगाउ मलाई
फल्नी भागी भन्लान्,चर्चा चल्ला,खोजी होला मेरो
त्यसैले, लैजाउ कसैले नदेख्ने ठाउँ मलाई
माया गरौला,दिलको राजा भनौला तिमीलाई
तिम्ले पनि, दिलभित्रकी, रानी गराउ मलाई
भाग्यको लेखा हो-एक अर्काको नहुन नि सक्छौ
तिम्री नभए पनि “फुच्चु” भनी बोलाउ मलाई