Monday, June 30, 2014

यो संसारमा मेरी आमा जस्तो दु:खी अरु कोही छैन् ! (खण्ड 'ग')


खासै पढ्न मन नलागे पनि एक्जाम राम्रै गरेको आभास भयो मलाई । अबको खाली समय के गरेर बिताउने ? भनेर साथिहरु छलफल गर्न थाले - धेरैको सोच कम्प्युटर सिक्छु भन्ने भयो । म बिचरी के सिक्नु ? मन त थियो नि कम्प्युटरका किबोर्ड माथी औंला राखेर आफ्नो मनको भावना सरर लेख्न तर कर्ममा त्यसरि किबोर्ड छुन लेखेको होला कि नहोला भन्ने मै दोधार थिए म । केहि दिन लगत्तै मेरै घर अगाडिको बाटो हुँदै साथीहरु पर्साढाप बजारतिर कम्प्युटर सिक्न जान थाले ।

गहुँ भित्र्याइसकिएको थियो । फापर ठटाउन बाकिँ थियो । मेरो काम त्यही भयो । दिनभरी फापर ठटाउने , उडाउने, बनाउने र थन्क्याउने । अरुले कम्प्युटरका किबोर्डमाथी आफ्ना औंलाहरु कसरी छिटो दगुराउने भनेर सिक्दा मैले कसरी फापर छिटो उडाउने भनेर सिके - फरक यत्ती न हो ।

Sunday, June 29, 2014

गजल ४४

पहिले अथाहा प्यार् गरेको भान गरायो पिरतिले
त्यसपछि , अपराधी जानाजान गरायो पिरतिले

आफ्नै प्रेमिको दिल चोरिएको अभियोग लगाएर
रिट पर्नु अगावै , जेल   चलान   गरायो पिरतिले

Tuesday, June 24, 2014

उपन्यास - समर लभ


२१औँ शताब्दिका युवा पुस्ता माझ मात्र होइन उमेरले बुढेसकाल लागेका तर मन तरुनो छ भन्नेहरुको पहुचसम्म लोकप्रिय बनेको उपन्यास "समर लभ" पढ्ने मन भयो मलाई पनि । मागेर पढ्ने बानी छैन् मेरो तसर्थ किनेरै पढ्न चाहे र चाहना पुरा पनि गरे । अरुको मुखबाट चर्चा सुने अनुसारको मिठास भने लागेन मलाई किनकी उपन्यासमा जुन औपन्यासिक मिठास हुनुपर्छ त्यो मिठासको कमी छ । एउटी गृहिणिले आफ्नो मनको बेदना या सुखान्त क्षणहरुलाई जसरि कापिका हरफहरुमा जस्ताको त्यस्तै ओकल्ने गर्छिन् ठिक त्यसरि नै लेखकले पनि वास्तविकतालाई हु बहु उतारे झै देखिएको छ । उपन्यास भनेको एउटा साहित्यिक विधा हो यो हामी सबैलाई थाहा भएकै कुरा हो तर साहित्यिक विधामा हुनुपर्ने साहित्यिक समायोजको अभाव छ "समर लभ" मा । “सुबिन भट्टराई” साहित्यमा निखारिन बाकिँ नै छ भन्ने स्पष्ट झल्को दिएको छ उपन्यासले ।

हिजोआज प्रेममा नपरेका मान्छेहरु भेट्न मुस्किल मात्रै होईन् असम्भव प्राय : नै छ भन्दा खासै फरक नपर्ला । हो, यही प्रेमिल दुनियालाई मध्यनजर गरेर लेखियको यस उपन्यास प्रेम गर्नेहरुको लागी अत्यन्तै प्यारो साबित भएको तथ्य शत प्रतिशत सही हो । उसो त सुबिन आफु पनि भर्भराउदो युवा भएकोले अर्को युवाको मन बुझ्ने खुबिले हो या आफु पनि स्वयम प्रेममा परेको अनुभुतिले हो ? खै ! के हो थाहा भएन तर प्रेमका प्रसङ्गहरुले आफ्नै अनुभवलाई उतारे जस्तो भान हुने रैछ कता कता भने कतै आफैलाई बुझेर लेखे झै आभास पनि हुने रैछ । हामी जस्तो सामान्य पाठकले पनि नअन्कनाइकन पढ्न सकिने एकदमै सरल छ भाषा । यस्तो लाग्छ सायद यही सरताले पनि उपन्यासलाई लोकप्रिय बन्न थप सहयोग गरेको छ ।

Friday, June 20, 2014

तिर्न नसकेको गुन


समय पुष माघको तुसारे र ठिर्याहट मौसमको थियो । दुबै आखाँबाट बरबर्ती आशुका ढिका खसिरहेका थिए । मान्छेहरुको हुलमिल थियो । सबै आ-आफ्नै धुनमा व्यस्त थिए । तर म ? म पनि व्यस्त नै थिए तर रुनमा व्यस्त थिए म । आफ्नो भाग्य धिक्कार्दै बस्नमा व्यस्त थिए म र खुब व्यस्त थिए निर्दयि भगवानलाई गाली गर्नमा । यि सबै सबै केबल मनको आधिलाई शान्त पार्न खोज्ने उपाए मात्र थिए तर वास्तविकता वास्तविक नै थियो । त्यही वास्तविकताले गर्दा नै म रोइरहेकी थिए । दुइ हातले मुख छोपेर रोइरहेकी थिए ।

हाम्रो कलेजको प्रशासन भवन दोस्रो तलामा थियो र प्रशासन भवनको ठिक अगडिको कोठा कक्षा ११ को व्यवस्थापन संकायको कोठा थियो । त्यही कोठा अगाडी उभिरहेकी थिए म । आज एक्जाम फर्म भर्नी अन्तिम दिन । साथीहरु सबैले फर्म भरेर घरतिर लागिसके तर म उभिरहेकै छु । मौन छु । अस्थिर छु । न बोल्न मन छ कसैसँग न घरतिर जान नै मन छ । जब आखाँ अगाडी कुनै पनि उपाए देखा पर्दैन तब रुनु बाहेक अरु विकल्प नै केहि नहुदो रहेछ ।

Thursday, June 19, 2014

गजल भिडियो

पोखराका गजलकार अर्जुन दृष्टी पौडेल को डिजाइनमा मेरो गजल भिडियो

फुच्ची जमुना VS प्रदिप खनाल "अपेक्षा"

सामुदायिक रेडियो विजय एफएम १०१. ६ मेघाहर्जको  कार्यक्रम "गजल मञ्च" मा कार्यक्रम प्रस्तोता सुर्य प्रकाश भुषाल दाजु को साथमा गैडाकोटका गजलकार प्रदिप खनाल "अपेक्षा" र म फुच्ची जमुनाको सवाल जवाफ

फुच्ची जमुना VS अर्जुन दृष्टी


पोखराका गजलकार श्री अर्जुन दृष्टी पौडेल र म (फुच्ची जमुना) बिचको सवाल - जवाफ भिडियो अर्जुन जि कै डिजाइनमा ।

पुस्तक समिक्षा : "धमिलिएका डोबहरु" नियाल्दा


१. विषयप्रवेश :
गजल कविता विधाअन्तर्गतको उपविधा हो । नेपाली साहित्यमा मोतीराम भट्टबाट प्रारम्भ भएको गजल लेखन परम्पराले अनेकौँ उतारचढाव भोग्दै वर्तमानसम्म आइपुगेको छ । प्रेमिकासँगको वार्तालापमा सीमित गजलको पहिचानले अहिले आफ्नो आयाम विस्तार गरेको छ । साहित्यका नौवटै रस - प्रेम, दया, माया, घृणा आदि भाव, राजनीति, धर्म, इतिहास, शिक्षा, समाज आदि विषय, क्षेत्रलगायत यावत् विषयमा गजल लेख्न थालिएको छ । वर्तमानमा सबैभन्दा धेरै लेखिने रचना नै गजल बन्न पुगेको छ । तसर्थ, यसले छुट्टै विधाको मान्यताका लागि टाउको उठाउन खोजेको देखिन्छ ।

नेपाली गजलका लागि चितवन निकै उर्वर भूमि सावित भएको छ । ६० को दशकबाट चितवनले फुुटकर र कृतिगत रुपमा प्रशस्त गजल पाउन थालेको छ । खासगरी, चितवनमा एफएम रेडियोहरुको स्थापनापछि गजल क्षेत्रमा विशेष चहलपहल सुरू भयो । रेडियोबाट गजल सुनाउने र सुन्ने परम्पराको थालनीसँगै चितवनको साहित्यिक माटोलाई ढपक्क ढाकेको पाइन्छ ।

इतिहासलाई स्मरण गर्दा गजलमा दोहोरी प्रारम्भ गराएर सिजर्नी एफएमको लोकप्रिय कार्यक्रम ‘अनुराग’का कुशल प्रस्तोता अर्जुनमणि पौडेलले नयाँ प्रयोगको प्रारम्भ गरे । प्रेमविनोद नन्दन र शीतल कादम्बिनी, रावलकृष्ण र अजिता अधिकारीजस्ता स्रष्टाहरुको सवाल–जवाफयुक्त गजलवाचनले विशेष आकर्षण प्रदान ग¥यो । यस्तो पृष्ठभूमिमा विकसित चितवनको माटोले प्राप्त गरेको छ, सवाल–जवाफयुक्त सिंगो गजलसंग्रह ‘धमिलिएका डोबहरु’ । स्रष्टा रामकृष्ण पौडेल अनायास र फुच्ची जमुना को लेखनीबाट सिर्जित प्रस्तुत कृतिले नेपाली गजलको इतिहासमा नयाँ गोरेटो कोरेको छ ।

“धमिलिएका डोबहरू”मा समुन्द्रपारिको प्रेम

नेपाली गजल साहित्यमा एउटा फरक शैलीको रूपमा चितवनका दुई प्रतिभाको एउटै कृति गजलमा सवाल-जवाफको सयुक्त सङ्ग्रह प्रकाशन हुनु चितवनको गजल इतिहासमा पहिलो कृति हो । यस कृतिले निश्चित रूपमा एउटा सकारात्मक सन्देश दिनेछ समाजलाई र गजलकारिताको क्षेत्रलाई । मान्छेका मनहरू कसरी ? कहाँ ? रूपान्तरित हुन्छ त्यो समयको कुरा हो । मैले चिनेका यी दुई प्रतिभा गजलकारहरू "रामकृष्ण पौडेल "  र "फुच्ची जमुना" नेपाली गजलका तिख्खर प्रतिभा हुन् । सृजनाको आगो बोकेर प्रत्येक गाउँ वस्तीहरूमा काव्यिक चेतना भर्न सक्ने यी प्रतिभाशाली गजलकारहरू संवेदनशील हुन् । अक्षर यात्राहरूमा र समयका पाउहरूलाई क्षतिपूर्ति दिनसक्ने सम्भावना छ यी प्रतिभाहरूसँग ।

बालसंमरण - बाल्यकालका पदचापहरु




आफ्ना बाल्यकालका दिनहरु एकएक सम्झिन निकै कठिन हुन्छ । तर तिनै सम्झन नसकिने यादहरु नै जिन्दगी अवधिभरमा सबैभन्दा प्यारा लाग्छन् । जो कसैले पनि आफ्नो बाल्यकालका संमरणहरु ताजा राखिरहन चाहन्छन् - आफ्नो मानस्पटलमा तर यहाँ खगेन्द्र संग्रौलाले त जिवन्त राख्ने प्रयास गरेका छन् - कृती "बाल्यकालका पदचापहरु" मार्फत । सम्झदा पनि भित्रैदेखी छुट्टै खुशीको आभाष भएर आउछ । बाल्यकालका ति दिनहरु - बोले पनि मिठो, नबोले पनि मिठो । हासे पनि मिठो , रोए पनि मिठो । साच्चै, जे गरे पनि मिठो ।

Wednesday, June 18, 2014

मुक्तक ३७

एक पटक आफैले आफ्नै मनलाई सुझाएर हेर प्यारा
चित्त बुझेन भने तस्बिरमा आखाँ जुधाएर हेर प्यारा
सुखै सुख भन्दिन म तर अपार खुशी दिनेछु अवश्य
यदी पत्यार लाग्दैन भने दिलभित्र थुनाएर हेर प्यारा

Tuesday, June 17, 2014

मुक्तक ३६

म कसरी भनु ??? यो मनमा माया कती छ भनेर
न त देखाउन सक्छु सागरको पानी जती छ भनेर
तिम्रो र मेरो छुट्टै संसार बसाउने रहर छ सानु
खै ! कसरी देखाउ तिम्रो हुने चाहाना यती छ भनेर

मुक्तक ३५

मैले पुज्ने भगवान, केबल  एउटा हौ तिमी
म त तिम्रो पुजारी हुँ, मेरो  देउता  हौ तिमी
मेरो नसानसामा तिम्रो प्यार बग्न थालेपछि
हरेक बिहानिको प्राभातकालिन उषा हौ तिमी

प्रियतमको नाउँमा एउटा पत्र

मिती : ३ असार, २०७१
  मंगलबार

प्रिय, 
                   मुटुभरिको असिम प्यार साथै अमिट सम्झनाका कोसेलिहरु तिमीलाई…….।

तिमी कुसल, मंगल छौ भन्ने पुर्ण आशामा छु र म पनि यता सकुसल नै छु - तिम्रो प्यारको कृपाले । मन बाध्न कैयौ कोसिस गरे । तर, अह ! सक्दै सकिन र यो पत्र कोर्ने प्रयास गरेकी छु । म आफैलाई थाहा छैन् - यो पत्र तिम्रो र मेरो प्यारको खातिर पहिलो पत्र हो या अन्तिम ?

प्रिय, 
         जब हामी बिचको सामिप्यता प्रगाढ हुँदै थियो तब मैले भनेकी थिए - 'मलाई माया देउ । केबल माया मात्र । यती माया देउ कि जुन मायामा भुलेर म आफ्नो मनको छट्पटिलाई साम्य पार्न सकु र निभाउन सकु बलिरहेको मनको आगो ।' तर तिमीले उल्टो बुझ्यौ या समय आफ्से आफ् उल्टियो मैले चाल पाइन । तिमीलाई प्रेम गर्नुमा मेरो कुनै स्वार्थी खेल थिएन, न छ , न हुनेछ भोली ।

Sunday, June 15, 2014

मुक्तक ३४

पलपल रुवाइ रहने यो संसार बहिस्कार
मलाई छट्पटाउने तिम्रो प्यार बहिस्कार
पुरा पुर शंका छ - यो केबल नौटंकी हो
हो, त्यही झुटो प्रेमको आधार बहिस्कार

Thursday, June 12, 2014

न भेटिदो रहेछ अस्तु ..... !!!

जब वनमा आगो लाग्छ तब सारा गाउँभरी हाहाकार मच्चिन्छ । आगो निभाउन जानेहरु तछाड मछाड गर्दै दगुरिरहेका हुन्छन । त्यतिबेला, साना नानिबाबुहरुले सोच्दा हुन - हाम्रा बा आमाले हामिलाई रमिता देखाउन किन लग्दैनन् ?? उसैगरी आगो लाग्छ कोमल हृदयमा पनि ! त्यसबखत न देखिन्छ जलिरहेको मन न देखिन्छ धुवाँको मुस्लो ! बस् देखिन्छ - सहन नसकेर आखाँबाट बगेका नुनिला पानीका ढिकाहरु ! तर त्यतिबेला सबै मौन बसिदिन्छन् । कसैले देखे पनि या नदेखे पनि मन त आखिर जलिरहेकै हुन्छ ! तर बिडम्बना - न भेटिदो रहेछ खरानी न भेटिदो रहेछ अस्तु ..... !!!

गजल ४३


जब पत्थर झै साह्रो त्यो दिल हुनेछ
त्यसपछि, भेट हुन मुस्किल हुनेछ

म जादैछु अब, टाडा, धेरै - धेरै टाडा
बिदाईको बेला आखाँ टिल्पिल हुनेछ

तिमीलाई कस्तो हुन्छ ? मलाई थाहा छैन्
तर, यो मन् तिमी बिना शिथिल हुनेछ

आशुको भेल छेक्न लाईन्न बाधँ कतै
त्यहाँ, छेक्न काफी आखाँकै डिल हुनेछ

ढुङ्गा मा ढुङ्गा ठोक्किदा आगो बले जस्तै
प्यार् प्यार् ठोक्किदा दुनिया झिल्मिल हुनेछ

Wednesday, June 11, 2014

मुक्तक ३३

आमाले सोध्नु भयो हिजो - कस्तो छ छोरी ? तिम्रो खबर भनेर
अह ! मैले भन्नै सकिन् - प्रेमले पारेको छ गहिरो असर भनेर
हिड्नुछ, अझै हिड्नुछ र पुग्नुछ - टाडा, कोसौ टाडाको ठाउँ
तर,थाहा छैन ठाउँ कस्तो छ ? कस्तो छ जिन्दगीको सफर भनेर

जिवनी - जिवन काँडा कि फूल ?


जिवन आफैमा अपरिभाषित छ तसर्थ यो जिवनलाई परिभाषित गर्ने दुष्साहस गर्न म चाहान्न । अह ! कदापी चाहान्न । समग्र जिवनलाई घाम र पानी, मिलन र विछोड, दु:ख र सुख, आशु र हासो यस्तै यस्तै गरी विभिन्न तरिकाले तुलना गर्ने गरिन्छ । यस्तै गरी “झमक घिमिरे” ले पनि समग्र जिवनलाई काडा र फूल सँग दाजेर हेरेकी छन् । सर्वप्रथमत: यो अवर्णनिय र साहसिलो कार्यको लागी झमक प्रती सलाम चढाउन चाहान्छु म ।

सम्झदा पनि आङ जिरिङ्ग भएर आउछ । साच्चै मान्छेलाई कस्तो - कस्तो परिस्थितिको सामना गर्नुपर्छ हगी ?

भन्ने हरुले त भनि दिन्छन् - पुर्व जन्मको पाप हो भनेर
कसैले यसैपनि भनिदिन्छन् भ गवानको अभिसाप हो भनेर
आखिर छोरा र छोरी जन्माउदा को प्रसव पिडा त एकै हो
तर,किन भन्छन् -छोरी अलक्षिनी छोरो फलिफाप हो भनेर

तीन सन्तान मध्य जेठो सन्तानको रुपमा जन्मिएकी झमकको जिवनी पढिसकेपछी आफ्नो तेस्रो नेत्र खुलेको आभाष भयो मलाई । संसारकै सबैभन्दा अभागी मान्छे भन्ठान्थे म आफुलाई र धिक्कार्थे हरबखत आफुले भोगिरहेको नियतिको खेललाइ तर होईनरहेछ । म त धेरै भाग्यमानी मान्छे पो रहेछु ।

खै ! झमकसँग के छ / थियो ? न बोली छ / थियो ? न हातखुट्टा सबल छ / थिए ? न थियो पारिवारिक सपोर्ट न थियो सामाजिक सद्भाव ? उनि हरेक कुरामा असक्षम थिइन् तर सक्षम भिइन सोचाइमा । जती सक्षमता उनका सबल बा र आमा मा पनि थिएन् न थियो ति गाउँलेहरुसँग ?

Monday, June 9, 2014

तिम्रो प्यारको भेल उर्लिएपछी……!!


मैले त्यतिबेला तिमीलाई खुब सम्झिए , जतिबेला त्यो सानो भाईलाई कसैले सोध्यो - 'बाबु, ममिको याद आउछ कि नाइ ?' भनेर । 'आउछ नि । किन नआउनु' भनेर उ रुन्चे अनुहार पार्दै भित्र पस्यो । फरक यही छ - आमाले छोडेर जादा उ नौ वर्षको थियो , तिमी छ वर्षको थियौ । अरु सबै उस्तै छ । सबै परिस्थितीहरु उस्तै । तिमीलाई जस्तै उसलाई पनि हजुर आमाले हुर्काउनु भयो , बढाउनु भयो र पढाउनु भयो । तिमीलाई जस्तै गरी उसलाई पनि हजुरआमाले 'एकादेश ……' को कथा सुनाउनु हुन्थ्यो रे । तर एउटा फरक छ यहाँ -तिमीलाई हुर्काउने तिम्रो हजुरआमा आकाशको तारा हुनुभयो भने उसकी हजुरआमा यही धर्तिको सेतो फूल झै फुलिरहनु भएको छ अझै ।

मलाई थाहा छैन् - त्यो परिस्थिती कस्तो हुन्छ भनेर । सायद मेरो विचारमा फरक त अवश्यै हुनेछ

Thursday, June 5, 2014

गजलसङ्ग्रह - नियतिको खेल यस्तै


कहिले मिलन कहिले विछोड, कहिले हासो कहिले आशु, कहिले सुख त कहिले दु:ख आखिर यस्तै हो नियतिको खेल । यिनै यस्तै परिधिमा केन्द्रीत रहेर कोरिएका छन् प्रत्यक गजलका शेरहरु । जम्माजम्मी १०१ वटा गजल रहेको यस कृती १२९ पृष्ठको छ । अगाडिका २८ पृष्ठ शुभकामना र भुमिकाले कब्जा गरेको छ ।

'नियतिको खेल यस्तै खेल्यो जिन्दगिले
जित भन्दा हार धेरै झेल्यो जिन्दगिले'

आमा ! …… घाटी थिचेर किन मारिनौ मलाई ?


जतिबेला म सानै थिए त्यतिबेला सानो थियो मेरो मनस्थिती पनि । मलाई जन्मदिने मेरी आमाले नै स्वयम भन्ने गर्थिन मलाई कि - "तलाई मैले जन्माकै हैन । मैले जन्माकाँ त दाइ र दिदिहरु हुन । तलाई त रापतीपारी जंगलमा भेट्टाएर लेरा'को हो ।" मेरो बाल मस्तिष्कमा यो कुराको गहिरो छाप पर्‍यो । आमाले भनिसकेपछी दाइ र दिदिहरुले भन्न के बाकिँ राख्थे र ? जब म रुन्थे तब सबैले एकै स्वरमा भन्थे - "त जाबी हाम्री नै हैनस् । कसकी होस् कसकी ।" यो सुनेसी म झन रुन्थे र रुदै भन्थे - " मलाई रापतीपारी भेट्टाएको भए किन ले'राको त घर ? उतै घाटी थिचेर मारिदेको भए हुन्थ्यो नि ।" विस्तारै - विस्तारै दिनहरु ढल्किदै गए । दिनहरु संगसँगै म पनि हुर्किदै गए । मलाई थाहा थियो म मेरी आमाको कोखबाट जन्मेकी हुँ भनेर तर आमाले म जन्मदाको प्रसव पिडा बिर्सिइन या के भयो मलाई थाहा भएन तर आफैले नौ महिनासम्म कोखमा राखेर जन्मदिएको आफ्नो सन्तानलाई किन त्यसो भन्निन मेरी आमाले ? त्यो पनि एक दुइ पटक होइन पटक पटक ।