जिवन आफैमा अपरिभाषित छ तसर्थ यो जिवनलाई परिभाषित गर्ने दुष्साहस गर्न म चाहान्न । अह ! कदापी चाहान्न । समग्र जिवनलाई घाम र पानी, मिलन र विछोड, दु:ख र सुख, आशु र हासो यस्तै यस्तै गरी विभिन्न तरिकाले तुलना गर्ने गरिन्छ । यस्तै गरी “झमक घिमिरे” ले पनि समग्र जिवनलाई काडा र फूल सँग दाजेर हेरेकी छन् । सर्वप्रथमत: यो अवर्णनिय र साहसिलो कार्यको लागी झमक प्रती सलाम चढाउन चाहान्छु म ।
सम्झदा पनि आङ जिरिङ्ग भएर आउछ । साच्चै मान्छेलाई कस्तो - कस्तो परिस्थितिको सामना गर्नुपर्छ हगी ?
भन्ने हरुले त भनि दिन्छन् - पुर्व जन्मको पाप हो भनेर
कसैले यसैपनि भनिदिन्छन् भ गवानको अभिसाप हो भनेर
आखिर छोरा र छोरी जन्माउदा को प्रसव पिडा त एकै हो
तर,किन भन्छन् -छोरी अलक्षिनी छोरो फलिफाप हो भनेर
तीन सन्तान मध्य जेठो सन्तानको रुपमा जन्मिएकी झमकको जिवनी पढिसकेपछी आफ्नो तेस्रो नेत्र खुलेको आभाष भयो मलाई । संसारकै सबैभन्दा अभागी मान्छे भन्ठान्थे म आफुलाई र धिक्कार्थे हरबखत आफुले भोगिरहेको नियतिको खेललाइ तर होईनरहेछ । म त धेरै भाग्यमानी मान्छे पो रहेछु ।
खै ! झमकसँग के छ / थियो ? न बोली छ / थियो ? न हातखुट्टा सबल छ / थिए ? न थियो पारिवारिक सपोर्ट न थियो सामाजिक सद्भाव ? उनि हरेक कुरामा असक्षम थिइन् तर सक्षम भिइन सोचाइमा । जती सक्षमता उनका सबल बा र आमा मा पनि थिएन् न थियो ति गाउँलेहरुसँग ?
उनले लेखेका हरेक शब्दहरु यती कर्णप्रिय छन् कि - टपक्क टिपेर छातिमा टासेर हिडुँ जस्ता । कती लोभलाग्दो गरी कोरेकी छिन् उनले हजुरआमा र हजुरआमाले दिएको ममता । उहिले - उहिलेका उखान टुक्कामा मिसाएर भनिन्थ्यो – “बा भनेका काठका बार हुन्” । साच्चै यहाँ बा काठका बार नै भएका छन् । उनि अमुर्त छन् झमक प्रती । मानौ - तीन थोपा विर्य पनि खर्चेनन् उनले झमकको नाउँमा ।
चाडवाडको बेला आफ्ना सन्तानलाई घरमुलिले आशिर्वाद दिन्छन् - फलेस फुलेस, प्रगती गरेस, बाउ आमाको इज्जत राखेस, दुनियालाई फलानको छोरो / छोरी फलानाको नाती / नातीनि भनेर चिनाएस, धेरै वर्ष बाचेस आदी आदी ….. तर उनले त आफ्नो जेठो सन्तानलाई दशैमा टिका लागाइदिदा शिर माथी दाहिने हात राखेर आशिर्वाद दिए - छिट्टै मरेस, हामिलाई धेरै दुख्ख नदिएस भनेर ।
झमक जन्माउनमा बा ले दिएको केबल विर्य मात्र हो तसर्थ उनि कठोर सजिलै बन्न र हुन सके तर नौ महिनासम्म आफ्नो पेटमा राखेर हिडेकी आमाले किन बिर्सिइन कुन्नी छोरी जन्माउदाको प्रसव पिडा ? अरु सन्तान जन्माउदा जस्तै झमक लाई जन्माउदा पनि त पेटमा काउकुती लाग्थ्यो होला ? बाहिर निस्केर हिड्न असहज हुन्थ्यो होला ? एउटा आशाको किरण अधेरिमा पनि छरिन्थ्यो होला र उज्यालो हुन्थ्यो होला सपनाको संसार ? तर खै ! सबै सबै बिर्सिइन आमाले पनि । खै किन बिर्सिइन ?
सायद, झमकले यो साहसिलो कदम अगाडी नबढाएको भए उनको सम्पुर्ण जिवन नै नरकिय हुने निश्चित थियो । सबैले हतोत्साहित गरिरहदा पनि एक्लो प्रयासले यती ठुलो सफलता हात पार्ने आँट र साहस सायदै व्यक्तिहरुमा हुन्छ । तर यतिबेला उनको यो आँट र साहसले दिलाएको सफलतालाई वर्णन गर्ने शब्दको कमी छ म सँग ।
यदी जिन्दगीमा कसैले केहि सिक्ने अपेक्षा गर्छ भने त्यसको लागी पहिलो पाठ झमकबाट सिकोस उसले - मेरो अनुरोध तथा सुझाव पनि ।
अन्त्यमा झमक प्रती पुन: अभिवादन ।