Sunday, June 29, 2014

गजल ४४

पहिले अथाहा प्यार् गरेको भान गरायो पिरतिले
त्यसपछि , अपराधी जानाजान गरायो पिरतिले

आफ्नै प्रेमिको दिल चोरिएको अभियोग लगाएर
रिट पर्नु अगावै , जेल   चलान   गरायो पिरतिले

भन्न चाहिन किनकी इज्जतको सवाल थियो मेरो
साला , एक् कान दुइ कान मैदान गरायो पिरतिले

जिल्लाबाट पुनरावेदन हुँदै सर्वोच्च पुर्याइयो
तारिख धाउदा धाउदै हैरान गरायो पिरतिले

अन्त्यमा, घोषणा गरियो - तीन वर्षे जेल सजाय
हरे ! भगवान, यो कस्तो विधान गरायो पिरतिले