Tuesday, June 24, 2014

उपन्यास - समर लभ


२१औँ शताब्दिका युवा पुस्ता माझ मात्र होइन उमेरले बुढेसकाल लागेका तर मन तरुनो छ भन्नेहरुको पहुचसम्म लोकप्रिय बनेको उपन्यास "समर लभ" पढ्ने मन भयो मलाई पनि । मागेर पढ्ने बानी छैन् मेरो तसर्थ किनेरै पढ्न चाहे र चाहना पुरा पनि गरे । अरुको मुखबाट चर्चा सुने अनुसारको मिठास भने लागेन मलाई किनकी उपन्यासमा जुन औपन्यासिक मिठास हुनुपर्छ त्यो मिठासको कमी छ । एउटी गृहिणिले आफ्नो मनको बेदना या सुखान्त क्षणहरुलाई जसरि कापिका हरफहरुमा जस्ताको त्यस्तै ओकल्ने गर्छिन् ठिक त्यसरि नै लेखकले पनि वास्तविकतालाई हु बहु उतारे झै देखिएको छ । उपन्यास भनेको एउटा साहित्यिक विधा हो यो हामी सबैलाई थाहा भएकै कुरा हो तर साहित्यिक विधामा हुनुपर्ने साहित्यिक समायोजको अभाव छ "समर लभ" मा । “सुबिन भट्टराई” साहित्यमा निखारिन बाकिँ नै छ भन्ने स्पष्ट झल्को दिएको छ उपन्यासले ।

हिजोआज प्रेममा नपरेका मान्छेहरु भेट्न मुस्किल मात्रै होईन् असम्भव प्राय : नै छ भन्दा खासै फरक नपर्ला । हो, यही प्रेमिल दुनियालाई मध्यनजर गरेर लेखियको यस उपन्यास प्रेम गर्नेहरुको लागी अत्यन्तै प्यारो साबित भएको तथ्य शत प्रतिशत सही हो । उसो त सुबिन आफु पनि भर्भराउदो युवा भएकोले अर्को युवाको मन बुझ्ने खुबिले हो या आफु पनि स्वयम प्रेममा परेको अनुभुतिले हो ? खै ! के हो थाहा भएन तर प्रेमका प्रसङ्गहरुले आफ्नै अनुभवलाई उतारे जस्तो भान हुने रैछ कता कता भने कतै आफैलाई बुझेर लेखे झै आभास पनि हुने रैछ । हामी जस्तो सामान्य पाठकले पनि नअन्कनाइकन पढ्न सकिने एकदमै सरल छ भाषा । यस्तो लाग्छ सायद यही सरताले पनि उपन्यासलाई लोकप्रिय बन्न थप सहयोग गरेको छ ।

कलेजको प्रवेस सँगै सुरु हुने एउटा प्रेमिल प्रसङ्गले हामी कलेजका बिद्ध्यार्थी माझ संयोगको भूमिका निर्वाह गरेको छ । अतित र साया बिचको प्रेम साच्चै नै मनमोहक छ । अतित र सायाको जसरि प्रेम बसेको थियो हो त्यसरि नै बस्छन यहाँ कलेज पढ्ने युवापुस्ताहरुको पनि र त झन पढु पढु लाग्यो नि सबैलाई ।

जसरि अतित र सायाको प्रेमको कोपिला लाग्छ, जसरि प्रेम फुल्छ / फक्रीन्छ र अन्त्यमा फुलेको प्रेम जसरि ओइलिएर झर्छ ठिक त्यसरि नै ओइलिन्छन् बहकाउमा बसेका र गरिएका प्रेमहरु । म त चाहान्छु - प्रेमले जिवनको एउटा लय बोकेर हिंड्नुपर्छ जुन लय जिवन पर्यन्तसम्म पनि जिवित रहोस न कि २ / ४ दिनमै टुङ्गियोस । प्रेम सफल हुन दोहोरो हुनुपर्छ । एकोहोरो बसेको प्रेम र एकोहोरो पाकेको रोटो उस्तै हो । एकातिर वास्ता हुँदैन अर्को तिर जलेर काम नलाग्ने हुन्छ जिन्दगी र रोटी दुबै ।

युवायुवती माझ हुने प्रेमलाई जसरि दुरुस्तै उतारेका छन् सुबिनले हो त्यसरि नै उतारेका छन् भविष्यको कल्पना नगरि गरिएको प्रेम दिगो हुँदैन् भन्ने कटु यथार्थ पनि । यही यथार्थमा केहि औपन्यासिक बिम्बहरु पनि समाबेश गर्न पाएको भए उपन्यास अझ उचाइमा पुग्ने निश्चित थियो । जे होस् आगामी दिनहरुमा अझ शक्तिशाली कृतीहरु पढ्ने अवसर हामिलाई मिलोस् भन्ने अपेक्षा साथै सुबिन भट्टराईको यो लेखन यात्राले सफलताको शिखर चुमोस् मेरो शुभकामना ।