जब वनमा आगो लाग्छ तब सारा गाउँभरी हाहाकार मच्चिन्छ । आगो निभाउन जानेहरु तछाड मछाड गर्दै दगुरिरहेका हुन्छन । त्यतिबेला, साना नानिबाबुहरुले सोच्दा हुन - हाम्रा बा आमाले हामिलाई रमिता देखाउन किन लग्दैनन् ?? उसैगरी आगो लाग्छ कोमल हृदयमा पनि ! त्यसबखत न देखिन्छ जलिरहेको मन न देखिन्छ धुवाँको मुस्लो ! बस् देखिन्छ - सहन नसकेर आखाँबाट बगेका नुनिला पानीका ढिकाहरु ! तर त्यतिबेला सबै मौन बसिदिन्छन् । कसैले देखे पनि या नदेखे पनि मन त आखिर जलिरहेकै हुन्छ ! तर बिडम्बना - न भेटिदो रहेछ खरानी न भेटिदो रहेछ अस्तु ..... !!!